मेलम्ची खानेपानीमा भ्रष्टाचार, भीम उपाध्यायसहित १८ जनामाथि मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

७ अर्बभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले पूर्वसचिव सञ्जय शर्मा र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनामा निर्देशकसहित १८ जना सरकारी कर्मचारी, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन सचिव भीम प्रसाद उपाध्यायलाई ४ करोड २२ लाख ३४ हजार रुपैंया, तत्कालीन सचिव सञ्जय शर्मा र सहसचिव मुकुन्द प्रसाद पौडेललाई जनही ६ करोड ९७ लाख ८३ हजार रुपैंया बिगो कायम गरेको छ।

यस्तै तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुरबाट ६० करोड ४९ लाख १९ हजार, अध्यागमन प्रमुख तामाङबाट २२ हरोड ९ लाख १७ हजार, तत्कालीन कार्यकारी निर्देशकहरू भट्टराईबाट २२ करोड ७५ लाख १९ हजार, राम चन्द्र देवकोटाबाट ३२ करोड ३५ लाख ६१ हजार, सुर्यराज कँडेलबाट ८९ करोड ८ लाख ९८ हजार बिगो मागदाबी लिएको छ।

अख्तियारले परामर्शदाता इप्टिसा सर्भिस दि इन्जिनियर्स र बेट्स कन्सल्टिङ सर्भिस लिमिटेडलाई पनि प्रतिवादी बनाउँदै जनही ८७ करोड ५८ लाख ८३ हजार रुपैंया बिगो दाबी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here