पपुवा न्युगिनीमा जातीय भिडन्त, ६४ जनाको मृत्यु

एजेन्सी । पपुवा न्युगिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको छ ।

पपुवा न्युगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एंगा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार बिहानदेखि सुरु भएको भिडन्तपछि सडक किनार, घाँसे मैदान र पहाडबाट ६४ जनाको शव फेला परेको पुष्टि गरेको छ । सुरक्षाकर्मीले झाडीमा अझै केही शव रहेको बताएका छन् ।

यसअघि अस्ट्रेलियाली समाचार संस्था एबीसी न्युजले आदिवासी समुदायबीचको भिडन्तमा कम्तीमा ५३ जनाको मृत्यु भएको र झाडीमा अझै धेरै मानिसको मृत शरीर रहेको हुनसक्ने बताएको थियो ।

रोयल पपुवा न्यू गिनी कान्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, “मैले एंगामा देखेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक हिंसा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here