काठमाडौं । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीचको छलफल निष्कर्षविहीन टुंगिएको छ । चुनावमा गठबन्धन नगर्ने प्रतिवेदनका विषयलाई लिएर देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा देउवासहित उनको टिमले असन्तुष्टि जनाएका हुन् ।
सभापतिले महामन्त्री थापालाई सांगठानिक प्रतिवेदनबाट चुनावअघि गठबन्धन नगर्ने भन्ने शब्द हटाउन भनेका छन् । देउवा टिममा उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महतलगायत नेताको सहभागिता रहेको थियो । महासमिति बैठक सोमबारै दिउँसो १ बजे उद्घाटन गर्ने र त्यसपछि पुनः बैठक बसेर विषय टुंगो लगाउने भन्दै नेताहरू उठेका हुन् ।