वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो ।

सोमबार रौतहटमा भएको दुई पक्षबीचको झडपलाई लिएर बजार बन्द गराइएको छ। बजार बन्द गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो। वीरगञ्जमा बजार बन्द गरिएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सरस्वतीको मूर्ति सेलाउने विषयमा रौतहटको ईशनाथ नगरपालिकाका भएको घटनालाई लिएर वीरगञ्जमा पनि विरोध प्रदर्शन हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here