क्यानडा–११ ले नेपाल ‘ए’ लाई दियो २४१ रनको लक्ष्य

काठमाडौं । क्यानडा–११ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’सामु २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो । क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।

नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २-२ तथा सागर ढकाल र बसिर अहमंदले १-१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here