चलचित्र ‘महाजात्रा’को टिजर, पैसा व्यवस्थापनमा चटारो (भिडियो)

काठमाडौं । प्रदीप भट्टराई लिखित तथा निर्देशित चलचित्र ‘महाजात्रा’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा एक गाडी पैसा लुकाउने जागिर पाएकाको कथा देखाइएको छ। आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन सजिलै गर्न नसक्दा त्यसका लागि कमिसनको खेल सुरु भएको दृश्य टिजरमा समावेश छ ।

चलचित्रमा विपीन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङलगायत कलाकारको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here