काठमाडौं । ललिता निवास क्षेत्र एक साता भित्र खाली गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ।
बुधबार सूचना जारी गर्दै महानगरले सात दिनभित्र सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानरपालिकालाई सहयोग गर्न अनुरोध गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थाानीय तहको सम्पत्तिको संरक्षणसम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानूनी दायित्व महानगरपालिकालाई तोकेको सूचनामा भनिएको छ ।
महानगरले यो सूचना प्रकाशित भएको सात दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्था हट्न र नहटेमा प्रचलित कानून बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्ति संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने समेत उल्लेख गरेको छ ।