पूर्वी युक्रेनमा दुईवटा मिसाइल आक्रमण, कम्तीमा ६० रुसी सेनाको मृत्यु

काठमाडौं । पूर्वी युक्रेनमा दुईवटा मिसाइल खसेपछि कम्तीमा ६० रुसी सैनिकको मृत्यु भएको छ । रिपोर्टमा भनिएअनुसार यी सैनिकहरू रुसले कब्जा गरेको भागको प्रशिक्षण क्षेत्रमा उपस्थित थिए।

यस विषयमा जानकार स्रोतहरूले बीबीसीलाई बताएअनुसार रुसी सैनिकहरू डोनेट्स्क क्षेत्रमा आफ्ना वरिष्ठ कमाण्डरलाई पर्खिरहेका थिए। यस घटनाको भिडियो फुटेजमा ठूलो संख्यामा मृतकहरु देखिन्छन् ।

एक रुसी अधिकारीले क्षेप्यास्त्र आक्रमणको पुष्टि गरेका छन् तर यससँग सम्बन्धित मिडिया रिपोर्टलाई ‘अति बढाइचढाइपूर्ण’ भनेका छन्।

यो घटनामा मारिनेहरूमा नेपालीहरू पनि हुन सक्ने आशंका गरिएको छ । रूसी सेनामा भर्ना हुन गएर फर्किएका नेपालीहरूले बताएअनुसार रूसले नेपालीहरूलाई फ्रन्टलाइनमा खटाउने गरेको छ । यो घटना पनि फ्रन्टलाइनमा भएकोले मारिनेमा नेपाली पनि हुन सक्ने आशंका गरिएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका रक्षामन्त्री सर्गेई शोइगुबीच भएको भेटवार्ताभन्दा केही घण्टाअघि यो आक्रमण भएको हो ।

बैठकमा सर्गेई शोइगुले केही मोर्चामा रुसको सफलताको दाबी गरे। र उनले हालै कब्जा गरेको अद्वविका क्षेत्रको बारेमा पनि कुरा गरे। यद्यपि, उनले डोनेट्स्क क्षेत्रमा भएको घटनाको उल्लेख गरेनन्।

रिपोर्टहरूका अनुसार रूसी सेनाको ३६ औं मोटर चालित राइफल ब्रिगेड ट्रुडोभस्के गाउँ नजिकैको प्रशिक्षण केन्द्रमा मेजर जनरल ओलेग मोइसेभको आगमनको लागि पर्खिरहेको थियो।

आक्रमणबाट बच्ने एक सिपाहीले पछि बनाइएको भिडियोमा भनेका छन् कि ब्रिगेड कमाण्डरले उनीहरूलाई खुला आकाशमुनि उभ्याएका थिए । कथित रूपमा दुईवटा मिसाइलहरू यहाँ खसे, जुन अमेरिकी निर्मित हिमार्स प्रक्षेपण प्रणालीबाट प्रहार गरिएको थियो।

बीबीसीले यस हमलाको फुटेज पुष्टि गर्ने प्रयास गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here