काठमाडौं । शेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । पछिल्ला ५ दिनमा मात्रै नेप्से ७० अंकले घटेको छ ।
सूचकमा गिरावट आए पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९६ करोड बढेर ३ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
बिहीबार नेप्से परिसूचक २०.७६ अंकले घटेर २०५.८३ विन्दुमा आइपुगेको छ । यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये फाइनान्स र उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूहको परिसूचक १.८४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह १.९० प्रतिशतले घटेको छ ।
आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ८७ लाख रुपैयाँ बढीको २ लाख ३७ हजार ४३९ कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा समाज लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर
धनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
आज हिमालयन ऊर्जा कम्पनीका सेयरधनीले भने सर्वाधिक ७.६० प्रतिशत गुमाएका छन् ।