कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्रको प्रस्ताव पेश, १०६३ जनाको हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ ।

अभियानका संयोजक शंकर भण्डारीले महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।

महासमिति बैठकमा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बोल्ने महासमिति सदस्यले हिन्दू राज्यको मुद्दालाई प्राथमिकतासाथ उठाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here