प्रसुतिगृहबाट चोरिएको शिशु काँडाघारीमा फेला, तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पताल परिसरबाट चोरी भएको शिशु काडाँघारीमा फेला परेको छ ।

प्रहरीले शुक्रबार राति साढे ११ बजे काडाँघारीबाट शिशुको उद्धार गरेको हो । प्रहरीले शिशु चोर्ने महिला पनि पक्राउ गरेको छ । शिशु चोरेको आरोपमा प्रहरीले दैलेखकी मनिषा सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दैलेख नौमुले गाउँपालिका १ घर भई काठमाडौं काँडाघारी बस्ने २४ वर्षीया मनिषा भनिने कीमन कुमारी सिंह, श्रीमान वर्ष २८ को नरेन्द्र मल्ल, उनको दिदी शारदा शाहीकाँडाघारी स्थित डेरा कोठाबाट पक्राउ परेका हुन् ।

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने शिशु प्रसुतिगृहबाट चोरी भएको थियो। एकछिन बच्च बोकिदिन्छु भन्दै चोरी गरेर लगेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here