सहकारीबाट ८ लाख चोरी गरी फरार रहेका दुई व्यक्ति पक्राउ

काठमाडौं, ३१ भदौ । काठमाडौं उपत्यकाभित्र रहेका सहकारी तथा बित्तिय संस्थाहरुको ढोका फोडि सेफ लगायत नगद चोरी गरि लाने कार्यमा संलग्न रहेका व्यक्तिहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप घर भएका २१ वर्षिय दानबहादुर थापा मगर र रामेछाप नै घर भएका १८ वर्षिय सुनिल थापा मगर रहेका छन् ।

प्रहरीका अनुसार उनीहरु भदौ २५ गते विहान २ बजे काठमाडौं स्थित पेप्सिकोला टाउन प्लानिङमा रहेको ‘हर्षित बचत तथा ऋण सहकारी सस्था’ को ढोका फोडी फलामको ८५ के.जि.को सेफ तथा सेफमा रहेको सात लाख उनान्नब्बे हजार रुपैयाँ र विभिन्न कागजहरु चोरीमा भएको घटनामा सम्लग्न थिए ।

उनीहरुबाट चोरी गरि लगेको सेफ एक थान, फलामको ४ फिट २ ईन्चको गल एक थान, मोवाइल एक थान, नगद रु ५३ हजार तथा चोरी गर्दा प्रयोग भएको कपडा १ जोर बरामत भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका ती व्यक्तिहरुलाई आवश्यक कारबाहिको लागि महानगरीय प्रहरी परिसर पठाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here