सर्वोत्तम सिमेन्टको आइपीओ खुल्यो

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि सेयर जारी गरिसकेपछि अन्तिम चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले सर्वसाधरणका प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा आवेदन दिन कम्तीम १८ हजार ४५ रुपैयाँ चाहिने भएको छ । बुक बिल्डिङ विधिबाट जारी भएको आइपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्छ । सो अनुसार प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले ५० कित्ताका लागि आवेदन दिन १८ हजार ४५ रुपैयाँ आवश्यक पर्ने भएको हो ।

कम्पनीको आइपीओमा फागुन १६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here