किन आवश्यक पर्छ केटालाई बेस्ट फ्रेन्ड ? यस्ता छन् कारण

काठमाडौं । साथी हाम्रो जीवनको अभिन्न अंग हो । सुख दुःख जस्तोसुकै समयमा हामी आफ्नो सबैभन्दा मिल्ने साथीलाई याद गर्ने गछौं ।

हामी सबैसँग बेस्टफ्रेन्ड हुन्छन् । जोसँग हामी आफ्नो मनका सबै कुरा भन्छौं साथै सुख होस् वा दुःख सधैं सम्झन्छौं ।

कुनै प्रकारको दुःख परेको समयमा हामी सबैभन्दा पहिले जुन मानिसलाई सम्झन्छौं जो हाम्रो परिवार भन्दा परको छ त्यो व्यक्ति नै बेस्टफ्रेन्ड हो ।

यसकारण आवश्यक हुन्छ केटालाई बेस्टफ्रेन्ड

१. सहयोगका लागि सधैं तयार हुन्छन्

जस्तोसुकै अवस्थामा रहेपनि तपाईंको लागि सबैभन्दा मिल्ने साथी सहयोगको लागि तयार हुन्छ ।

कुनै प्रकारका आर्थिक सहयोग होस् वा अन्य कुनै सहयोग गर्नपनि साथीहरु तयार हुने भएको कारण मिल्ने साथीहरु आवश्यक हुन्छ ।

२. सल्लाह दिन्छन्

जीवनको कुनै मोडमा निर्णय गर्न अफ्ट्यारो परेको अवस्थामा साथीहरुले निर्णय गर्नको लागि सहयोग गर्ने गर्छन् ।

जीवनका ठुला ठुला निर्णहरु गर्न सहयोग गर्ने कारण साथी आवश्यक हुन्छन् ।

३. तपाईंको फैसलाको समर्थन गर्छन्

तपाईंको मिल्ने साथीले तपाईंले सोचेर गरेको निर्णयलाई सधैं समर्थन गर्ने गर्छन् ।

तपाई.को निर्णयलाइृ अरुले नमाने पनि तपाईंको बेष्टफ्रेन्डले भने सधैं समर्थन गर्छन् ।

४. सँगै बस्दा पनि दिक्क मान्दैनन्

प्राय हामी आफ्नो परिवार भन्दा बाहीरको मान्छेसँग धेरै समय बस्दा उनीहरु दिक्क मान्ने गर्छन् तर तपाईंको बेस्टफ्रेन्ड भने कहिल्यै दिक्क मान्दैनन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here