गुगलले भन्यो- जिमेल बन्द हुने हल्ला ‘झुटो’

काठमाडौं । सामाजिक सञ्जाल एक्समा अहिले एउटा स्क्रिनशट विश्वव्यापी रूपमा भाइरल भइरहेकाे छ ।

त्यसमा गुगलले आउँदो अगस्टदेखि चर्चित ईमेल सर्भिस जिमेल बन्द हुने सूचना छ । सामाजिक सञ्जालमा जिमेल बन्द हुने हल्ला चलेपछि गुगलले ‘झुटो’ भएको बताएको छ । जिमेल नै बन्द गर्न लागेको खबर तीव्र रुपमा फैलिएसँगै गुगलले यस विषयमा सफाइ दिनुपरेको छ ।

गुगलले आफ्नो पेजमा यसबारेमा प्रष्टीकरण दिंदै जिमेल बन्द नहुने बताएको छ । उसले लेखेको छ- Gmail is here to stay. । जिमेल बन्द हुने हल्ला चलेका बेला एक्सका मालिक एलन मस्कले एक्समेल ल्याउने बताएका छन् । उनले एक्समै एक पोस्टको रिप्लाई गर्दै एक्समेल चाँडै ल्याउने भनेर लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here