शेयर बजारमा उछाल, एकैदिन २७ अंकले बढ्यो नेप्से

काठमाडौं, ३१ भदौ । साताको पहिलो दुईदिन लगातार दोहारो अंकले घटेको शेयर बजारमा मंगलवार उछाल देखिएको छ ।

मंगलवार नेप्से परिसूचक २६.९१ अंकले बढेर १ हजार १ सय ५०.७४ अंकमा पुगेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा २.३९ प्रतिशत बढि हो ।

मंगलवार ‘क’ वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ५.२२ अंकले बढेर २ सय ५१.५७ अंकमा पुगेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा २.१२ प्रतिशतले बढि हो ।

मंगलवार सामुहीक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढेको कारण सिङ्गो नेप्से परिसूचक नै बढेको हो ।

मंगलवार सबैभन्दा धेरै सूचक उत्पादन क्षेत्रको बढ्यो । उत्पादन क्षेत्रको सूचक ४.५२ प्रतिशतले बढ्यो ।

त्यस्तै, जलविद्युत क्षेत्रको ४.२७ प्रतिशत, अन्य समुहको ३.२८ प्रतिशत, होटलको ३.१५ प्रतिशत, लघुवित्तको २.१० प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

मंगलवार १ सय ७१ कम्पनीको १३ लाख ७७ हजार ९ सय ४६ कित्ता शेयर किनबेच हुँदा ३८ करोड ३९ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै सिभम सिमेन्ट कम्पनीका शेयर धनीले कमाए । सिभम सिमेन्टको शेयर मूल्य ९.९० प्रतिशतले बढ्यो ।

त्यस्तै, गुँरास लघुवित्त वित्तीय संस्थाको ९.६२ प्रतिशत, रिडी विद्युत कम्पनीको ९.४५ प्रतिशत, एपीआई पावर कम्पनीको ९.१७ प्रतिशत बढ्यो भने अन्य कम्पनीको पनि राम्रै अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयर धनी रहेका छन् । एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य ५.५९ प्रतिशतले घट्यो ।

त्यस्तै, आँधीखोला जलविद्युत कम्पनीको ५.३५ प्रतिशत, सिटीजन बैंक इन्टरनेशनलको ५.०६ प्रतिशत घट्यो भने अन्य समुहको सामानय अंकले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार गर्नेमा सिद्धार्थ बैंक रहेको छ । बैंकले ३ करोड ४९ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here