उपनिर्वाचन कार्यतालिका: चैत २४ गते उमेदवारी दर्ता

काठमाडौं । इलाम २ र बझाङ १(१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ । १५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here