टी-२० त्रिकोणात्मक सिरिज: नेपालले नामिबियासँग खेल्दै

काठमाडौं । घरेलु मैदानमा हुन लागेको टी -२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

टी -२० त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबियासँगै नेदरल्यान्ड सहभागी छ । विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो सिरिजपछि टी-२० सिरिज खेल्न लागेका हुन् ।

यसअघि आईसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भएको ओडीआई सिरिजको दुई खेलमा नै नेपाल नामिबियासँग पराजित भएको थियो। सिरिजको दोस्रो खेलमा नेपालले भोलि बुधबार नेदरल्याण्डस्सँग खेल्नेछ।

सिरिजको पहिलो खेलमा नेपालले फागुन १५ गते नामिबियासँग खेल्नेछ। १६ गते नेपालले नेदरल्याण्डस्सँग खेल्नेछ। १७ गते नेदरल्याण्डस् र नामिबिया भिड्नेछन्।

१८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ। भने १९ गते आफ्नो अन्तिम खेलमा नेपालले नेदरलल्याण्डस्सँग खेल्नेछ। सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन्।

शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल २२ गते हुने तालिका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here