प्रभु बैंकका वरिष्ठ डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ, ऋण हिनामिना गरेको आरोप

काठमाडौं । प्रभु बैंकका वरिष्ठ डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन् ।

ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीइओ न्यौपानेसहित १० जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । उनीहरूलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डेपुटी सीईओ बनाएको हो । गत पुसमा प्रभुले सेन्चुरीलाई १ः१ को स्वाप अनुपात प्राप्ति गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here