एक हप्तासम्म काठमाडौंका यी ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । आजदेखि एक हप्तासम्मका लागि काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आज महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । त्यस्तै, भोलि (बिहीबार) गोंगबु, सामाखुसी टाउन प्लानिङ क्षेत्रमा, शुक्रबार चपली घुम्ती चोक र पासिकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, शनिबार हेपाली हाइटदेखि धापासी विद्यालय हुँदै दहाल गौंडासम्म, आइतबार एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवीसम्मको क्षेत्रमा पनि विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

साथै, सोमबार गोल्फुटार पेट्रोल पम्पदेखि बसुन्धरासम्म र मंगलबार गोल्फुटार ह्याम्स हस्पिटलसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

मौसम प्रतिकूल भई विद्युत् आपूर्ति बन्द नहुने अवस्थामा भने सूचना दिइने पनि प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here