सावित्रा भण्डारी ‘साम्बा’ दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता

काठमाडौं । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । मंगलवार राती लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

साउदी अरेबियामा जारी प्रतियोगितामा हिजो पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले इन्ज्युरी समयमा प्रिती राईको गोलमा २–१ को पुनरागमन जित दर्ता गरेको हो ।

खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । त्यसअघि खेलको ७६ औं मिनेटमा सावित्रा भण्डारीले साम्बाले गोल गरेकी हुन् ।

लेबनानविरुद्ध गोल गरेकी साम्बालेमहिलातर्फ दक्षिण एसियाकै सार्वधिक गोलकर्ताको अग्रस्थानमा आफूलाई उभ्याएकी छिन्। लेवनानविरुद्ध खेलको ७६ औँ मिनेटमा बराबरी गोल फर्काएकी साम्बा दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन्।

साम्बाले नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा ५३ गोल गर्दा उनले भारतीय टोलीकी स्टार बालादेवीलाई पछि पारेकी हुन्।

यसअघि साम्बा र बालादेवीसँगै इंग्लयान्डकी एलेन ह्वाइट, स्पेनकी जेनिफर हर्मोसो संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको ३२ औँ स्थानमा थिए।

तर मंगलबार राति १ गोल थप्दै साम्बा अष्ट्रियाकी निना बर्गरसँगै उभिएकी छिन्। समान ५३ अन्तर्राष्ट्रिय गोल गरेका साम्बा र निना विश्वको सर्वाधिक गोलकर्ताको ३१ औँ स्थानमा छन्।

साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालका लागि ५० गोल गर्दै कीर्तिमान कायम गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here