‘ड्राइभरलेस’ विद्युतीय कार बनाउने एप्पलको परियोजना रद्द

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले ‘ड्राइभरलेस’ विद्युतीय (ईभी) कार बनाउने लामो समयदेखि चर्चामा रहेको ‘प्रोजेक्ट टाइटन’ अन्त्य गरेको छ ।

कम्पनीले विगत एक दशकदेखि यस परियोजनामा ​​काम गरिरहेको थियो तर अहिलेसम्म भौतिक प्रोटोटाइप तयार गर्न समेत सकेको छैन । आन्तरिक रूपमा दशौं अर्ब अमेरिकी डलर खर्च गरेको योजना अन्त्य गर्ने निर्णयको पुगेको बीबीसीले जनाएको छ ।

एप्पलले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । एप्पल कार टोलीलाई कम्पनीका प्रमुख कार्यकारी टिम कुकको टाइटन प्रोजेक्ट अन्तर्गतको विशेष समूहको रूपमा चिनिन्थ्यो ।

यो निर्णयले कम्पनीको पहिलो ईभी प्रोजेक्ट ‘टाइटन’ मा काम गरिरहेका स्पेशल प्रोजेक्ट ग्रुप (एसपीजी) का करिब २००० कर्मचारीलाई असर पर्नेछ ।

यो योजनामा काम गरिरहेका करिब दुई हजार कर्मचारीलाई एप्पलले जेनेरेटिभ एआईमा सार्ने भएको छ ।

कम्पनी पूर्ण रूपमा स्वचालित र भ्वाइस कमाण्डमा चल्ने कार बनाउने प्रयास गरेको थियो । यसका लागि २०१५ मा सुरु भएको यो आयोजनामा ​​अर्बौं लगानी भएको थियो । यो परियोजना सफल भएको भए कम्पनीले एक लाख डलरको मूल्यमा सन् २०२८ सम्ममा कार लन्च गर्न सक्ने थियो ।

एप्पलले आफ्नो पहिलो ईभीको लन्च मिति २०१९, २०२०, २०२६ र २०२८ मा रिसेट गरेको थियो । प्रतिवेदनका अनुसार कम्पनीको बोर्डले सीईओ टिम कुकलाई आयोजनाको छिट्टै ठोस योजना बनाउन वा बन्द गर्न दबाब दिइरहेको थियो ।

एप्पलले सन् २०२६ मा पूर्णतया अटोमोटिभ ड्राइभ विकल्पसहितको स्टीयरिङ ह्वील बिनाको ईभी बजारमा ल्याउने बताएको थियो । कार उत्पादन गर्ने योजना अन्त्य गर्दै एप्पलले आईफोन र कम्प्युटरहरू निर्माण बाहेक अन्य अवसरहरू खोजिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here