त्रिवि मैदानमा बन्यो अहिलेसम्मकै ठूलो टी-२० स्कोर

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबियासामु २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो । कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन हो । यसअघि सन् २०२१ मा भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले २३८ रन बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here