सूर्य थापालाई रामहरि खतिवडाको व्यंग्य-‘कहाँ पर्ने रहेछ छोरीको नगरपालिका’ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘छोरीको नगरपालिका’कहाँ रहेछ भनि प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसद् सूर्य थापाले प्रधानमन्त्री भरतपुर महानगरपालिकामा पुगेको विषयमा कटाक्ष गर्दै ‘छोरीको नगरपालिका’ भनेका थिए ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले विपक्षी सांसदले स्थानीय तहको नयाँ नाम दिएको भन्दै व्यङ्ग्य गरे । ‘७५३ वटा स्थानीय तहकोबारे मलाई जानकारी थियो । तर छोरी नगरपालिका भन्ने जानकारी थिएन । यो कहाँ पर्दो रहेछ ।

म सभामुख महोदयमार्फत भन्ने मान्य सदस्यलाई अनुरोध गर्न चाहान्छु, नयाँ नामाकरण भएछ, यो नेपालको कुन नगरपालिका रहेछ ? जानकारी पाए म खुसी हुने थिएँ’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here