सभामुखको फेरि रुलिङ-‘सदनमा उठेका विषयबारे २१ गते उपस्थित भएर जवाफ दिनू’

काठमाडौं । प्रतिनिधिसभामा उठेको विषयबारे आगामी बैठकमा जवाफ दिन सभामुख देवराज घिमिरेले फेरि रुलिङ गरेका छन् ।

यसअघिका बैठकमा दिएको निर्देशन पालना नभएकोे भन्दै विपक्षी दलहरूले आवाज उठाएपछि सभामुख देवराज घिमिरेले मिति नै तोकेर सकारलाई जवाफ दिन भनेका हुन्।

विपक्षी एमाले, रास्वपा, राप्रपासहितका दलहरूले बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा तानिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा गराउन माग गर्दै आएका छन्।

सभामुखले यसअघि फागुन ६,८ र १४ गते पनि प्रधानमन्त्रीलाई रुलिङ गरेका थिए। तर प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्डले’ जवाफ दिन संसद गएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here