नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य, कुशल मल्लको अर्धशतक

काठमाडौं । टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले नामिबिया १८५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालेले पूरै ओभरमा ८ विकेटको क्षतिमा १८० रन बनाएको हो। नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

आरिफ ३१ रन बनाएर आउट भएका हुन् । यसअघि गुल्सन झा २६, अनिलकुमार शाह २३, दीपेन्द्रसिंह ऐरी १६, कप्ताज रोहित पौडेल १० रन, करण केसी ७, सोमपाल कामी २ र आसिफ शेख एक रनमा आउट भएका हुन् ।

बलिङमा नामिबियाका बेन शिकोंगोले सर्वाधिक ३ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here