भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, निगमले नबढाउने

काठमाडौं । भारतबाट पेट्रोलियम पद्धार्थको भाउ बढेर आएको नेपाल आयल निगमले जनाएको छ । बिहीबार प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएको हो ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलमा प्रतिलिटर २१ पैसा, डिजेलमा ८५ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २१.६६ रुपैयाँ भाउ बढाएर पठाएको छ ।

भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल पुरानै मूल्य यथावत राखिएको निगमले जनाएको छ । डिजेल र पेट्रोलमा १ रुपैयाँभन्दा कम बढेर आएकाले मूल्य समायोजन नगरिएको हो ।

निगमले गत साउनदेखि स्वचालित मूल्य प्रणाली लागू गर्दै आएको छ । सो अनुसार मूल्य बढेर आए यहाँ पनि बढाउने र घटेर आए घटाउने गरेको छ ।

निगमले हाललाई पेट्रोलको भाउ पहिलो वर्गमा प्रतिलिटर १६९.५० रुपैयाँ, दोस्रो वर्गमा १७१ रूपैयाँ र तेस्रो वर्गमा १७२ रूपैयाँ तोकेको छ । खाना पकाउने ग्यासको भाउ देशभर १ हजार ९१० रूपैयाँ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here