त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्समाथी नेपालको शानदार जीत

काठमाडौं । त्रिकोणात्मक टी -२० आई सिरिजमा नेपालले नेदरल्याण्डसलाई पराजित गरेको छ । शनिवार त्रिवि मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथी ६ विकेटको जित हात पारेको हो ।

नेदरल्याण्ड्सले १२१ रनको लक्ष्य दिएकोमा नेपालले १५ .२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रनको योगदान दिएका थिए ।

नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले सबैभन्दा बढी ३१ रन र टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३,२३ रन बनाए । त्यस्तै स्कट एडवार्ड्सले १८ रन बनाएका थिए ।

नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुईरदुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here