आजै सरकार परिवर्तन हुन्छ, सपथ हुन्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । एमाले नेता सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने बताएका छन् । फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले आजै सानो आकारको मन्त्रिमण्डलले सपथ लिने समेत बताएका छन् । बिहानैबाट दलहरु आन्तरिक छलपलमा छन् । सत्ता गठबन्धनमा संकट आएसँगै एमाले र माओवादी मिल्ने संकेतहरु समेत देखिएका छन् । आजै माओवादी, एमाले, कांग्रेस र रास्वपाको सचिवालय बैठक बसिसकेको छ । रास्वपाले आकस्मिक निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here