भिजिट इयर शूरु हुन तीन महिना मात्र बाँकी, बल्ल आउँदैछ आधिकारिक वेबसाइट

काठमाडौं, १ असोज । सरकार कति सुस्त गतिमा छ भन्ने एक प्रमाण भ्रमण वर्षको तयारीबाट पनि पुष्टि हुन्छ ।

भ्रमण वर्ष २०२० सचिवालयले बुधबार आधिकारिक वेबसाइट, अनलाइन पोर्टल र सामाजिक संजाल पनि सार्वजनिक गर्दैछ ।

सामान्यतया यो काम अभियान प्रारम्भ भएको २\३ वर्ष अगाडी नै सम्पन्न गर्नुपर्छ । तर, नेपालको भ्रमण वर्ष सचिवालय भने बुधबार यसको शुभारम्भमा जुटेको छ ।

भ्रमण वर्षको दौरान के हुँदैछ, कसरी मनाइदैछ भन्नेबारे आम सर्वसाधारण त परै आजोस, स्वयम् सरकारी निकायका पदाधिकारीलाई थाहा छैन । निजी क्षेत्रका व्यवसायी अन्यौलमा छन् ।

सडकभर भ्वाङ परेका छन् । पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण शहरबासी आक्रान्त भएका छन् ।

यस अवस्थामा न कुन पूर्वतयारी नै भएको छ, न कुनै निकाय गम्भीर नै । यस अवस्थामा सरकारले घोषणा गरेको भ्रमण वर्ष कति सफल होला, त्यो त हेर्नै पर्छ ।
त्यसो त भ्रमण वर्षका दौरान आयोजना भएका कार्यक्रम प्रभावशाली भन्दा पनि आत्मरतीमा रमाउने खालका मात्र छन् ।

नेपाल भित्र मार्ट, सभा सम्मेलन जस्ता सामान्य कार्यक्रम आयोजना गरी नेपालले गुणस्तरीय पर्यटक भित्राउन सक्दैन । त्यसका लागि स्रोत माध्यममा प्रभाव पार्ने खालका वृहत कार्यक्रम र घोषणाहरु आउनु पर्छ ।

सन् २०२० भित्र नेपा वायुसेवा निगम निगमका लागि कम्तिमा ४\५ वटा जहाज थपिदिएर नयाँ गन्तब्य बिस्तार गर्न सकेको भए, देश भित्रका सबै पूर्वाधार दुरुस्त भइदिएको भए नेपालको पर्यटकीय छवि यसै राम्रो छ । पर्यटक स्वतः बढ्ने थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here