तीन पार्टीका १७ जना मन्त्रीको टुंगो लाग्यो मन्त्रालय, तीन नयाँ अनुहार (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् ।

बुधबार बसेको नयाँ सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँट टुंग्याएको छ। जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी बाहेकले मन्त्रीहरूको नाम दिइसकेको छैन।

तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले शपथ लिनेछन् । तीन पार्टीले सिफारिस गरेका मन्त्रीहरूमा जम्मा तीन जना नयाँ अनुहार देखिएका छन्। बाँकी सबै जना पहिल्यै मन्त्री भइसकेका व्यक्ति नै दोहोरिएका छन्। नेकपा एमालेका सां‌सद बलराम अधिकारी यसअघि मन्त्री भएका छैनन्। उनी भूमि व्‍यवस्था तथा सहकारी मन्त्री बन्दैछन्।

अर्का दुई नयाँ अनुहार राष्ट्रिय स्वतन्त्र पार्टीका छन्। सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्ने भएका हुन्।

यी हुन् मन्त्रालय टुंगो लागेका मन्त्री

एमाले

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि
बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, उर्जा
रेखा शर्मा, सञ्चार
हितबहादुर तामाङ, पर्यटन

रास्वपा

रवि लामिछाने, उपप्रधान तथा गृह
डीपी अर्याल, श्रम
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा