टी–२० विश्वकप तयारीका लागि सरकारले दियो ५ करोड

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि राष्ट्रिय क्रिकेट टोलीलाई अर्थ मन्त्रालयबाट ५ करोड रकम निकासा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले ५ करोड निकासा भएको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङ र युवा तथा खेलकुद मन्त्रालयप्रति धन्यावाद ज्ञापन गरेको छ ।

विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो।

सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ छ। समूहमा नेपालले बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here