काठमाडौं । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि विगतमा वितरण गरिने भीआईपी पास यसपटक बन्द गरिएको छ ।
विगतमा भीआईपीहरुका लागि छुट्टै पास वितरण गरी पशुपतिनाथ मन्दिर दर्शनको व्यवस्था मिलाइन्थ्यो । त्यसका लागि तीलगंगातर्फको मार्ग प्रयोग गरिन्थ्यो । पशुपतिनाथ मन्दिर दर्शनका लागि आज बिहान २ बजेदेखि नै खुला गरिएको छ ।