टी-२० वरीयताको ब्याटिङ र अलराउन्डर दुबैतर्फ नेपाली खेलाडीको छलाङ

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी-२० आई वरीयतामा ब्याटिङ र अलराउन्डर दुबैतर्फ नेपाली खेलाडीले छलाङ मारेका छन् ।

कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ले टी-२० ब्याटिङ वरीयतामा छलाङ मारेका छन्। त्यस्तै अलराउन्डर तर्फ नेपालका पाँच खेलाडी शीर्ष सय भित्र अटाएका छन्। पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औं स्थानमा छन् ।

दीपेन्द्रसिंह ऐरीले ३१ स्थान सुधार गर्दै ७० औं स्थानमा छन् । नेपालका यी दुई खेलाडीले ब्याटिङ सँगै अलराउन्डर तर्फ पनि आफ्नो वरीयतामा ब्यापक सुधार गरेका छन्। शीर्ष सय भित्र रोहित र दिपेन्द्र मात्र अटाएका छन्।त्यस्तै अलराउन्डर तर्फ नेपालका दिपेन्द्र सिंह ऐरीले उल्लेख्य सुधार गरे। उनले ४८ स्थान सुधार गर्दै अलराउन्डरको २७ औं नम्बरमा उक्लिए। त्यस्तै कुशल मल्लले अलराउन्डर तर्फ २७ स्थान सुधार गर्दै ३५ औं स्थानमा रहन सफल भए।

त्यस्तै गुल्सन झा २२ स्थान सुधार गर्दै ७२ औं स्थानमा रहँदा करण केसी २४ स्थान सुधार गर्दै ८१ औं स्थानमा रहे। त्यस्तै रोहित पौडेल एकै पटक ८८ स्थान सुधार गर्दै शीर्ष सय भित्र रहँदै ९२ औं स्थानमा सुचिकृत भए। बलिङ तर्फ सकिव अल हसन शीर्ष स्थानमा कायम छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here