दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २१.१० अंकले बढेर २०५२.६५ बिन्दुमा पुगेको छ ।

यसदिन ३०४ कम्पनीको २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये एक वटा बाहेक अरु सबै समूहको परिसूचक बढेको छ ।

शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड बढिको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here