विश्वकै लामो धार्मिक पदयात्रा मिथिला परिक्रमा शुरू

काठमाडौं । मिथिलाञ्चलको बहुचर्चित साँस्कृतिक उत्सव तथा संसार कै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आज आइतवार देखि विधिवत शुरू भएको छ । धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको कचुरी मठबाट मिथिला बिहारी अर्थात् भगवान् श्रीरामको डोला उठेपछि यसको शुरुआत भएको मानिन्छ ।

परिक्रमा १५ दिनसम्म चल्नेछ । यस परिक्रममा १ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ ।

१५ दिने मध्यमा मिथिला परिक्रममा अन्तर्गत क्रमशः जनकपुरको हनुमान नगर, विहारको कल्यानेश्वर, फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाको धनुषाधाम, सतोखर, औरही पुग्ने कार्यक्रम रहेको छ । मिथिला महात्म्य अनुसार १८ औ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइदै आएको हो । नेपाल भारतको १ सय ३३ किलोमिटरको दूरी भक्तजनहरूले खाली खुट्टा भजन कीर्तनसहित तय गन भएकोले योलाई कठोर पदयात्राका रुपमा लिने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here