माआवादीले राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डका भाइलाई उठाउने

काठमाडौं । नेकपा माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने भएको छ । मनोनित कोटाबाट राष्ट्रियसभा सदस्य भएका दाहाललाई माओवादी पदाधिकारी बैठकले अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। नयाँ गठबन्धनभित्र भएको सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्ष माओवादीको भागमा परेको थियो ।

उपाध्यक्ष एमालेले पाउने छ ।नारायण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् । अध्यक्षको चुनावका लागि सोमबार ११ बजेदेखि १ बजेसम्म मनोनयतको समय तोकिएको छ। दाहालको कार्यकाल चार वर्ष मात्रै बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here