‘डट एनपी’ डोमेनले पनि दर्ता शुल्क तिर्नुपर्ने !

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदामा डट एनपी (.np) दर्ता गर्न पनि शुल्क लिन प्रस्ताव गरेको छ ।

मर्कन्टाइल कम्युनिकेसन्सले निःशुल्क रूपमा डटकमडटएनपी डोमेन रजिस्टरको सेवा उपलब्ध गराइरहेको छ । यस्तो डोमेन नेम, सेवाको नियमन तथा व्यवस्थापन नेपाल सरकारको सूचना प्रविधि विभागले गर्ने विधेयकको मस्यौदामा उल्लेख छ ।

निःशुल्कको अवस्थामा निकै धेरै डोमेन दर्ता हुने गरेको भन्दै स:शुल्क र नवीकरणको व्यवस्थाले बजार व्यवस्थित हुने आकलन मन्त्रालयको छ । मन्त्रालयले विधेयको मस्यौदामाथि रायसुझाव समेत मागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here