ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व

काठमाडौं । यसवर्षको ९६ औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ ।

ओपेनहाइमरले समारोहमा कुल सात अवार्ड सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जितेको छ।

चलिचत्रबाट किलियन मर्फी उत्कृष्ट अभिनेता चुनिए। रोबर्ट डाउनी जुनियरले यस फिल्मका लागि उत्कृष्ट सहायक अभिनेताको लागि ओस्कार प्राप्त गरेका छन्। यो उनको करियरको पहिलो ओस्कार हो ।

ओपनहाइमरका लागि सम्पादनतर्फ अस्कर जितेकी जेनिफर सन् २०१५ यताकै सम्पादन विधामा अस्कर जित्ने पहिलो महिला हुन्। यस्तै, ५३ वर्षीय क्रिस्टोफर नोलन यसअघि पाँच पटक मनोनयनमा परे पनि अस्कर जित्न सकेका थिएनन्। यस पटक भने उनी उत्कृष्ट निर्देशकमा अस्कर जित्न सफल भए। नोलनलाई अर्का दिग्गज चलचित्र निर्देशक स्टिभन स्पिलबर्गले अस्कर हस्तान्तरण गरेका थिए।

यस्तै चलचित्र पूअर थिंग्सले चार विधामा अस्कर जित्यो। उत्कृष्ट अभिनेत्री (एमा स्टोन), उत्कृष्ट वेशभूषा (होली वाडिङटन), उत्कृष्ट श्रृङ्गार र हेअरस्टाइलिङ (नादिया स्टेसी, मार्क कूलिअर र जोश वेस्टन) तथा उत्कृष्ट प्रोडक्शन डिजाइन (जेम्स प्राइस र स्होना हिथ)विधामा यस चलचित्रले बाजी मार्‍यो।

चलचित्र बार्बीले भने एउटा मात्र अस्कर हात पार्‍यो। बार्बीका लागि उत्कृष्ट गीततर्फ बिली एलिश (वाट् वज आई मेड फर?) ले अस्कर जिते। उत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार द होल्डओभर्सका लागि डाभिन जोय रान्डोल्फले जितिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here