‘प्रचण्ड’को विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई कांग्रेसको ‘ह्वीप’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेका हुन् । यही फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् ।

कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सहकार्य गरेपछि उनले विश्वासको मत लिन लागेका हुन् । नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिएको थियो।

अहिले गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) छन्। त्यस्तै, विपक्षमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत पार्टी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here