कुशल भुर्तेल टी-२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले टी-२० आई खेलमा १ हजार रन पूरा गरेका छन् ।

त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध भुर्तेल ५९ रन बनाउँदै आउट भए । त्योसँगै १ हजार रन पनि पूरा गरेका हुन् ।

उनि टी-२० आईमा एक हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बने । टी-२० आईमा एक हजार रन पूरा गर्ने पहिलाे नम्बरमा दिपेन्द्र ऐरीको नाम रहेकाे छ । ऐरीले १४७६ रन बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here