एसियन च्याम्पियन्स लिगबाट बाहिरियो अल–नासर

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको अल–नासर एसियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । क्वाटरफाइनलमा युएईको क्लब अल ऐनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

पहिलो लेगमा १–० ले पछि परेको टोली दोस्रो लेगमा ३–० ले पछि परेको थियो । तर, टोलीले पुनरागमन गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएको थियो ।

अतिरिक्त समयमा पनि खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा अल–नासर १–३ गोलले पराजित हुन पुग्यो । टोलीका लागि रोनाल्डोले मात्र पेनाल्टीबाट गोल गर्न सफल भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here