प्रधानमन्त्री ‘प्रचण्ड’को पक्षमा मतदान गर्न आफ्ना सांसदलाई रास्वपाको ‘ह्वीप’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

रास्वपा संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थिति भई प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन दिन ह्विप जारी गरेको हो ।

बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । चार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सरकारमा गएको रास्वपाका २१ सांसद रहेका छन् ।

गत साता काँग्रेससँगको गठबन्धन तोड्दै प्रधानमन्त्री दाहालले एमाले, रास्वपासहित ५ दलको नयाँ सत्ता गठबन्धन बनाएका थिए । उनले बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here