युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत खसेको थियो। शर्माले बहुमत प्राप्त गर्न नसकेपछि सो प्रस्ताव अस्वीकृत भएको हो।

शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना, समर्थकमा किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका शेखर कुमार सिंह थिए। बैठकमा ५६ जना सांसद उपस्थित थिए।

हाल राष्ट्रिय सभामा माओवादी १८,कांग्रेस १६,एमाले १०,एकीकृत समाजवादी ८,जसपा ३,लोसपा १,राष्ट्रिय जनमोर्चा १,स्वतन्त्र १ सदस्य छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here