सांसदहरूलाई ओलीको निर्देशन ‘प्रधानमन्त्रीलाई दिल खोलेर विश्वासको मत दिनू, नत्र देश दुर्घटनामा जान्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्दशन दिएका छन् ।

संसदीय दलको बैठकमा उनले भोलि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए अल्पमतको सरकार बन्ने र देश दुर्घटनामा जाने बताए ।

विगतमा प्रधानमन्त्रीले नराम्रो काम गरेको भए पनि अनुचित गठबन्धन छाडेर सही कदम चालेको अहिले एकदम राम्रो काम गरेका बताए ।

‘यतिबेला अर्को कुनै अप्सन छैन । कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त ७६(३) अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि उनले भने ।’ प्रचण्ड नेतृत्वको सरकारको आलोचना नगर्न निर्देशन पनि दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here