बहराइनसँग खेल्ने टोलीको घोषणा, भरत खवासको पुनरागमन

काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । टोलीमा भरत खवासले पुनरागमन गरेका छन् । अभिषेक लिम्बु, अजय चाैधरी, साैभाग्य राई, रोहन कार्की, समिर तामाङ र विशाल बस्नेत नयाँ अनुहार छन् ।

बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको छ ।पूर्व निर्धारित खेल अनुसार नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रंगशालामा चैत ८ गते र दोस्रो लेग चैत १३ गते हुनुपर्ने थियो । सोही मितिमा अब दुवै खेल बहराइन नेसनल स्टेडिायमा हुने एन्फाले जनाएको छ ।

यसै महिना एसियाली फुटबल महासंघका प्रतिनिधीले दशरथ रंगशालाको निरीक्षण गरेपछि त्यहाँ खेल हुन नसक्ने प्रतिवेदन बुझाएका थिए । बहराइन जानुअघि नेपाली टोलीले मलेसियामा अन्तिम तयारी गर्ने भएको छ । एन्फाले मंगलबार टोलीको विदाई राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here