उच्च रेकर्ड बनाएको सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घट्यो

काठमाडौं । सुनको मूल्य प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २५ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको थियो । सुनको मूल्य हालसम्मकै उच्च रहेर दुई दिनसम्म स्थिर थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २५ हजार ४ सय थियो ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँ रहेको चाँदी बुधबार १ हजार ४ सय ६५ मा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here