विश्वासको मत माग्दै प्रचण्डले भने- ‘यो आफैँमा उथलपुथल हो, मैले मात्रै गरेको होइन सबै सहभागी छौँ ‘

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले फेरि एकपटक आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आह्वान गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गठबन्धन परिवर्तन भएकाले आफूलाई पुनः विश्वासको मत चाहिएको बताए।

उनले भने- अहिले फेरि नयाँ राजनीतिक परिस्थिति बन्यो। म तेस्रो पटक विश्वासको मत लिन उपस्थित भएको छ। मेरो उथलपुथल शब्दसँग अहिले पनि कुरा उठाउनुभयो। पहिलो र दोस्रो विश्वासको मत कुन पृष्ठभूमिका लिइएको थियो भन्ने यहाँहरूलाई थाहा नै छ। अहिले फेरि नयाँ सन्दर्भमा विश्वासको मत लिनुपरेको छ। यो आफैँमा उथलपुथल नै हो। मैले मात्रै गरेको होइन तपाईँ हामी सबै सहभागी छौँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here