कांग्रेसलाई ओलीको प्रश्न-‘अघिल्लो पटक हौसियर समर्थन गर्ने, अहिले किन नगर्ने’ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो पटक हौसियर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको कांग्रेसलाई अहिले पनि समर्थन गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा अध्यक्ष ओलीले भने, ‘पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो । समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने ?’

‘प्रधानमन्त्री हुनकै लागि हामीले यस्तो गरेका होइन्। मलाई प्रधानमन्त्रीको इच्छा पनि छैन। मेरो नाम पनि जोडिएको छ,’ उनले भने। उनले अखबारहरूमा १५/१५ महिनाको कार्यकाल बाँडेको भन्ने समाचार आएको भन्दै त्यसप्रति पनि आपत्ति जनाए।

‘मैले अखबारमा देखेँ, आज प्रधानमन्त्रीको कार्यकाल १५/१५ महिना बाँडेको बजारभरि देख्छु। यो सरकार परिवर्तन किन भएको, सहकार्य किन गरेको भन्ने कुराको गरिमालाई घटाएको छ, यस्ता खबरको अनुचित सम्प्रषेणले,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here