झिनो अंकले घट्यो नेप्से, अपर तामाकोशीको शेयर मूल्यमा नेगेटिभ सकिट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ विन्दुमा झरेको हो ।

यसदिन ३१० कम्पनीको ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ बराबरको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ समूहको घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले बढेको छ ।

आज पनि सिमेन्ट कम्पनीहरुको शेयर धेर किनबेच भएको छ । शिवम् सिमेन्टको सर्वाधिक साढे २५ करोड र सोनापुरको २० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

बढ्दो बजारमा विन नेपाल लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले करिब १० प्रतिशतले बढेको छ ।

आज अपर तामाकोशीका शेयर धनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here